Rule 26
समितिले गरेको आम्दानी संस्थाको हुने
(१) समितिले यस नियमावली बमोजिम उठाएको सम्पूर्ण दस्तूर संस्थाको हुनेछ ।
(२) समितिले आफूले आर्जन गरेको सम्पूर्ण रकम संस्थाको नाममा जम्मा गर्नु पर्नेछ ।
(३) स्वीकृत व्यवस्थापन कार्य योजना बमोजिम संचालन हुने विभिन्न कार्यक्रम तथा प्रशासनिक खर्चको लागि संस्थाले समितिलाई आवश्यकतानुसार रकम उपलब्ध गराउनु पर्नेछ र समितिले उक्त रकम आफूलाई पायक गर्ने बैंकमा जम्मा गर्नु
पर्नेछ ।